नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको नयाँ कार्यसमिति चयन
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 5, 2021

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष जनार्दन गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

गाडीका पार्टपुर्जा आयात गर्न समस्या भइरहेकोले त्यसलाई सहजीकरण गर्ने उनले बाचा गरेका छन् ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, उपाध्यक्ष कुलबहादुर नेपाली र कमल गौतम चयन भएका छन् । त्यसैगरी महासचिव टिकादत्त अधिकारी, सचिव ज्योति भण्डारी र सहसचिव इन्द्रकुमार त्रिपाठी चयन भएका हुन् ।

कोषाध्यक्ष पदमा मातृका सापकोटा केन्द्रिय सदस्य राम बहादुर लोहनी, विनोद कुमार उप्रेती, किरण कपाली, महेश रेग्मी, भिमलाल पौडेल, बाबुराम आचार्य, योगेन्द्रराज भण्डारी, रत्न राम बन्जारा र कपिल अधिकारी चयन भएका छन् ।