नेपालमा पाइने ५ कम्पनीका सस्ता बाइक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 8, 2021

प्रत्येक व्यक्तिले क्षमता अनुसारको सावरी चढिरहेका हुन्छन् । नेपालमा आर्थिक अवस्था तथा भूवनावट हेरी विभिन्न कम्पनीले विभिन्न मोडेलका मोटरसाइकल बेचिरहेका छन् । नेपालमा बजाज, हिरो, होन्डा, टिभिएस, यामाहा ब्रान्डका दुइ पाङ्ग्रे सवारी साधनले अधिकांस बजार ओगतेका छ । नेपालमा बढी पाइने ५ कम्पनीका सस्तो बाइक बारे चर्चा गरेका छौं ।

बाइक आरटी
नेपालमा मूल्यको आधारमा रनर कम्पनीका बाइक सबै भन्दा सस्तो छ । यद्यपी त्रिक्रीको तुलनमा भने धेरै पछि छ । रनरका चिता, एडी ८० डिलक्स, एडी ८० अलो र बाइक आरटी सस्तो मूल्यका बाइक हुन् । कम्पनीले जनाए अनुसार बाइक आरटीको मूल्य १ लाख ५२ हजार, चिताको मूल्य १ लाख ६९ हजार, एडी ८० डिलक्सको मूल्य १ लाख ६५ हजार र एडी ८० अलोको १ लाख ५८ हजार रुपैयाँ तोकिएको छ । नेपालमा रनर ब्रान्डको सबैभन्दा सस्तो बाइक आरटीमा ८० सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जुन सिङ्गल सिलिन्डर, ४ स्ट्रोक वाइन्ड कुल्ड इन्जिन हो । जसले अधिकतम क्षमता ७५०० आरपीएममा ५.९ बीएचपी र ४५०० आरपीएममा ५.५ एनएम टर्क जेनेरेट गर्छ ।

स्प्लेनडर प्लस
नेपालमा संख्याका आधारमा हिरो ब्रान्ड धेरै बाइक बेच्ने कम्पनी मध्ये एक हो । नेपालमा उपलब्ध हिरो ब्रान्डको सबै भन्दा सस्तो बाइक स्प्लेनडर प्लस हो । कम्पनीले यो बाइक १ लाख ७८ हजार ५ सय रुपैयाँमा बेचिरहेको छ । नेपालमा उपलब्ध बाइकहरुमा स्प्लेनडर प्लस सस्तो मोडेल मध्ये एक हो । यसमा ९७.२ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जुन सिङ्गल सिलिन्डर, ४ स्ट्रोक वाइन्ड कुल्ड इन्जिन हो । यो इन्जिनले अधिकतम क्षमता ८.०२ पीएसमा ८००० आरपीएम र ८.०५ एनएममा ६००० आरपीएम टर्क जेनेरेट गर्छ । यसमा दिइएको ट्यांकीको ९.८ लिटर क्षमता छ ।

प्लाटिना १०० इएस
नेपालमा सबै भन्दा बढी बाइक बेच्ने कम्पनी बजाज हो । नेपाली बजारमा उपलब्ध बजाजका बाइक मध्ये सबैभन्दा सस्तो प्लाटिना १०० इएस हो, जसको मूल्य १ लाख ८१ हजार ९ सय तोकिएको छ । यसमा सिङ्गल सिलिन्डर, एसओएचसी एयर कुल्ड इन्जिन जडान गरिएको छ । यो इन्जिनको अधिकतम क्षमता ७.८९ पीएसमा ७५०० आरपीएम र ८.३४ एनएममा ५५०० आरपीएम टर्क जेनेरेट गर्छ ।

राडियोन ११०
राडियोन ११० नेपालमा उपलब्ध टिभिएसको सबैभन्दा सस्तो बाइक हो । नेपालमा यसको मूल्य १ लाख ८६ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसमा १०९.७ सीसी क्षमताको ४ स्ट्रोक ड्युरालाइफ इन्जिन दिइएको छ । यसले अधिकतम क्षमता ८.१९ पीएसमा ७३५० आरपीएम र ८.७ एनएममा ४५०० आरपीएम टर्क जेनेरेट गर्छ । यसमा १० लिटर क्षमताको ट्यांकी दिइएको छ ।

सिडी ड्रिम डिलक्स
नेपालमा धेरे बाइक बेच्ने ब्रान्ड मध्ये होन्डा पनि एक हो । यस कम्पनीको नेपालमा उपलब्ध सबैभन्दा सस्तो बाइक सिडी ड्रिम डिलक्स हो । नेपालमा यसको मूल्य १ लाख ८८ हजार ९ सय तोकिएको छ । यसमा बीएस ६ मापदण्डको १०९.५१ सीसी क्षमताको इन्जिन दिइएको छ । जसले अधिकतम क्षमता ८.७९ पीएसमा ७५०० आरपीएम र ९.३० एनएममा ५५०० आरपीएम टर्क जेनेरेट गर्छ ।