नेपालमा जिमोपाईका इलेक्ट्रिक स्कुटर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
November 5, 2020

नेपालका लागि आधिकारिक वितरक ई–ह्विल्स नेपाल प्रालिले जिमोपाई ब्राण्डको स्कुटरहरु उपलब्ध गराएको हो । पछिल्लो समयमा जिमोपाई एस्ट्रिड लाइट इलेक्ट्रिक स्कुटर समेत काठमाडौंमा भित्रिएका छन् । यसमा ३२ एम्पियरको पावर भएको ७२ भोल्टको ब्याट्री छ । त्यसैगरी २ हजार ४ सय वाटको मोटर छ । त्यसैगरी यसमा १.७ किलोवाटको लिथियम आयोन ब्याट्री छ ।


विश्वमै लोकप्रिय मानिने ओपाई इलेक्ट्रिक र ग्रीन ई–मोबिलिटीको सहकार्यमा जिमोपाई इलेक्ट्रिक स्कुटर ६० किलोमिटर सम्मको स्पिडमा गुड्न सक्छ भने २० डिग्री उकालोमा पनि सजिलै गुड्न सक्ने र सिंगल चार्जमा ८० किलोमिटर सम्म चलाउन सकिने ई–ह्विल्स नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर अमितराज सिंहले बताए ।
सो स्कुटरलाई आवश्यकता अनुसार स्पोर्ट्स, सिटी र इकोनोमी गरी तीन मोडमा चलाउन सकिन्छ । यसमा एलईडी हेडलाइट, किलेस इग्निसन, एन्टी थेफ्ट अलार्म र स्ट्यान्डर्ड यूएसबी चार्जिङ पोर्ट जस्ता विभिन्न फिचर उपलब्ध छन् । कम्पनीले ब्याट्री र मोटरमा २ वर्षको वारेन्टी दिने बताएको छ ।
नेपालको तराई क्षेत्रमा करिव एक वर्ष पहिलेदेखि नै यी स्कुटर उपलब्ध भए पनि हालै काठमाडौंमा समेत बिक्रीका लागि स्कुटर उपलब्ध गराइएको छ । भारतको दिल्लीमा यसको कार्यालय छ ।
Email: mkt.autonepal@gmail.com