बैशाखमा जिप कम्पास लन्च हुने
March 26, 2021

नेपालमा जिप कम्पासको अपडेटेड नयाँ मोडल अगामी वैशाखमा लञ्च हुने भएको छ । जिपको नेपालका लागि आधिकारिक विक्रेता लाइफ अटोमोबाइल्सले वैशाख पहिलो हप्ता लञ्च गर्ने तयारी गरेको जनाएको हो ।

अमेरिकन ब्राण्ड जिप केही वर्षदेखि भारतमा एसेम्बल भइरहेको छ । नेपालमा आउने जिप कम्पास भारतमा उत्पादित हुनेछ । जिप कम्पास २०२१ का नयाँ मोडल ४ वटा भेरियन्टमा उपलब्ध हुने छ । चार भेरियन्टमा स्पोर्ट, लगिंच्युड, लिमिटेड ओ र मोडल एसका हुने कम्पनीले जनाइएको छ ।

जिप कम्पास १.४ लिटर पेट्रोल र २.० लिटर इन्जिनमा उपलब्ध हुनेछ । गाडीमा एक्सटेरियरमा खासै परिवर्तन नभए पनि इन्टेरियरमा केही परिवर्तन गरिएको छ । कम्पासको लगिंच्युड भेरियन्टमा १०।१ इन्चको इन्फोटेनमेन्ट स्क्रिन रहेको छ । एसयूभी गाडी उत्पादकको रुपमा चिनिएको जिप कम्पासको नयाँ मोडल बीएस ६ मापदण्डकै हुनेछन् ।

कोभिड १९ को कारण भारतमा गाडीको उत्पादन कमी भएकाले नेपालमा नयाँ मोडल कम्पास आउन ढिलाइ भइरहेको कम्पनीले बताएको छ ।