निशान म्यागनाइट एसयुभी बजारमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 21, 2020

३, कार्तिक २०७७

निशान मोटर्सको बहुप्रतिक्षित “बिग, बोल्ड, ब्युटिफुल” बि-एस.यु.भि. म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरुपमा सार्वजनिक भएकोछ । निशान नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्वतयारी सुरु गरेकोछ । यो “बिग, बोल्ड, ब्युटिफुल” एस.यु.भि.मा स्पोर्टी लुक्स सहित एल.ई.डी. हेडल्याम्प, एल.ई.डी. डी.आर.एल., फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएकाछन् ।
जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो भने अर्को टर्बोचाज्र्ड इञ्जिन हुनेछ । निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टि.एफ.टि. ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् । विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएकोछ । नेपाली बजारमा भित्रिने यस एस.यु.भि.को मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको छ ।