नायिका कार्कीले रेनो गाडीको प्रमोसन गर्ने
Auto Nepal
April 14, 2021

नेपालमा रेनो गाडीको आधिकारिक विक्रेता जि मोटर्स प्रालीले ब्रान्डको प्रमोसनको लागि नेपालको सुपर स्टार प्रियंका कार्कीलाई नियुक्त गरेको छ । नायिका कार्की बिच रेनो डस्टरलाई प्रमोसन गर्ने गरी ब्रान्ड इन्डोर्समेन्ट जि मोटर्स प्रालि कार्यालय नक्साल्, काठमाडौंमा सम्पन्न भएको हो।

सम्झौता बमोजिम नायिका कार्कीले अगामी ४ बर्ष सम्म जि मोटर्सका प्रडक्टको क्रस प्रमोसन गर्ने छिन् । उनले फेसबुक र इन्स्टाबाट पनि प्रमोसन गर्ने छिन ।
जि मोटर्स प्रालीका प्रबन्ध निर्देशक कैलाश गेलालले नायिका कार्कीस्ंग ब्रान्ड प्रमोसनको सम्झौताले नेपाली चलचित्र क्षेत्रमा प्रगति हुने बताए । नायिका कार्कीले नेपाली बजारमा रेनो सब कम्प्याक्ट जिप किगर पनि प्रमोसन गर्ने उनले बताए ।

जि मोटर्स प्रालिले अटो मोबाईल व्यवसाय बिगत १५ बर्ष देखी अनुभवी र विशेष दखल भएका व्यवसायी कैलाश बाबु गेलालले नेतृत्व गरेको सँस्था हो । हाल यो सँस्थाका नेपाल भरी ४ वटा शाखाहरु छन र हजारौँ ग्राहकलाई सेवा दिइरहेको छ ।