नाडा र लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको संयुक्त कार्यक्रम
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
January 29, 2021

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को टोली बुटवलमा आइपुगेको छ । नाडा र लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त कार्यक्रममा सहभागी हुन टोली लुम्बिनी आइपुगेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा लुम्बिनी आइपुगेको टोलीलाई भैरहवा विमानस्थलमा लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष गणेश भट्टराई लगायतले यहाँ स्वागत गरेका छन् ।
टोलीमा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, विधान संशोधन समितिका सदस्य देवराज भण्डारी, ट्रेनर सिए साहिल अग्रवाल लगायत सहभागी छन् ।