नयाँ होण्डा सिटी नेपालमा
January 18, 2021

काठमाडौं, माघ ५, २०७७

नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको ५ औं जेनरेशनलाई नेपाली बजारमा भित्राएको छ ।

होण्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बश्नाएको छ । आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस जेनरेशनको लम्बाई र चौडाई अघिल्लो जेनरेशन भन्दा बढी रहेको छ । होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुल एल.इ.डी. हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड् LED डिआरएल, L आकार एल.इ.डी. टर्न इन्डिकेटर, Z आकार 3D ¥याप एराउण्ड यूनिफर्म LED साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् ।
यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाईस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ । उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा तपाईंले १८.४ कि.मि. प्रति लिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा तपाईंले १७.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गर्न सक्नुहुनेछ । यसका साथै यस सेग्मेन्टमा लेन वाँच क्यामेरा भएको होण्डा सिटी पहिलो सेडान हो जसले गर्दा तपाईंले सहज पार्किङ्ग गर्न सक्नुहुनेछ ।
I-SRS युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित कार हो ।

यहि माघ ५ गते धोबिघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा VX CVT र ZX CVT लन्च गरिएको छ ।