नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
July 27, 2020

– करण चौधरी
कार्यकारी निर्देशक, सीजी मोटोकर्प

नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन् ।
१४६२ सीसीको ‘के–सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरिएन्टमा उपलब्ध छ ।
‘नेपाली ग्राहकले कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न ।
चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्ये पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । हामीलाई विश्वास छ यो नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पु¥याउनेछ ।
सन् २०१६ मा सार्वजनिक भएको भिटारा ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु छन् ।