नयाँ ब्रान्ड जावा नेपालमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 15, 2020

नेपालस्थित आधिकारिक बितरक अग्नि ग्रुपले हालै जावा ब्रान्डलाई नेपाल भित्र्याएको छ ।
नेपाली बजारमा जावा क्लासिक र जावा ४२ गरी दुई मोडल भित्रिएका छन् । जसमध्ये जावा ४२ सिंगल च्यानल र डबल च्यानल एबीएससहित २ भेरिएन्टमा उपलव्ध छ । सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यी मोटरसाइकलमा २९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६ स्पिड गियरबक्स जडान गरिएको छ । उक्त इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो ।