द अमेजिङ मोटर र्याली हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
February 10, 2021

काठमाडौदेखि चितवन र पोखरा सम्म सञ्चालन हुने उक्त र्याली रोटरी क्लब अफ बागमती काठमाडौं र केजीएच फाउन्डेसनको आयोजनमा आगामी माघ ३० र फागुन १ गते आठौ द अमेजिङ मोटर र्याली हुने भएको छ ।
नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र क्यान्सरवारे जनचेतना फैलाउने उद्देश्य सहित सो र्याली आयोजना हुन लागेको हो । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डबाट विहान ७ बजे र्याली शुभारम्भ भएर बेलुकी चितवको सौराहास्थित केजीएच होटल मारुनी स्यांक्चुअरी लजमा पुगेर विश्राम लिनेछ ।

त्यसैगरी फागुन १ गते चितवनबाट सो र्याली पोखराका लागि प्रस्थान गर्नेछ र बेलुकी पोखराको केजीएच होटल वाटरफ्रन्ट रिसोर्ट पुगी समापन हुनेछ ।

समापन समारोहमा र्यालीका प्रथम, द्वितीय र तृतीय स्थान विजेताहरुलाई सिल्ड, सटिफिकेट तथा पुरस्कार प्रदान गरिने छ । सो र्यालीमा मिस नेपाल २०२० का विजेताहरु पनि सहभागी हुने छन् ।

‘सेफ ड्राइभिङ अन हाइवे’ को मान्यतालाई आत्मसात गर्दै र्याली आयोजना गरिने र टीडीएस अर्थात टाइम, डिस्ट्यान्स र स्पिडको आधारमा तय गरी बाटोमा विभिन्न जनचेतनामूलक कार्य गरिने छ । गाडीको गति मापनका लागि सबै गाडीमा जीपीएस जडान गरिने आयोजकको भनाइ छ । र्यालीमा ४० गाडीको सहभागिता रहने आयोजक समितिका संयोजक दिवाकर राजकर्निकारले बताए ।