दिगो ब्रान्डमा आकर्षण बढ्दैं
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
December 25, 2020

दिगो ब्रान्ड, दीगो ग्रुप अफ कम्पनिजले ल्याएको इलेक्ट्रिक गाडीहरुमा ग्राहकको आकर्षण बढ्दैं गएको छ । हालै नेपालमा भित्रिएको इलेक्ट्रिक ई८ कारको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।
यस दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।
यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।
हालै कम्पनिले दीगो ई८ कार किन्ने ग्राहकका लागि क्रिसमस अफर ल्याएको छ । यस अन्तर्गत ई८ कार किन्ने ग्राहकले सामसुङ ग्यालेक्सी एस२० प्लस स्मार्टफोन, ५५ इन्चको सामसुङ स्मार्ट एलईडी टीभी, म्याकबुक एयर, क्यानन ८०डी क्यामेरा वा भाटभटेनी सपिङ भौचर मध्ये कुनै एक रोजेर लिन सक्नेछन् ।