दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले मोटरसाइकलदेखि हेभी इक्विपमेन्टसम्म चलाउन सिकाउने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
July 14, 2020

दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले लकडाउन पछि सवारी साधन चलाउन सिक्ने ग्राहकलाई २० प्रतिशतसम्म नगद छुट दिने घोषणा गरेको छ । दादा ड्राइभिङ स्कुलमा उपत्यका भित्र छरिएर खुलेका विभिन्न ३५ वटा ड्राइभिङ सेन्टरहरु आवद्ध रहेका छन् ।

उक्त सुविधा लिन चाहने ग्राहकले सो स्कुलमार्फत आफूलाई पायक पर्ने स्थानको छनोट गरी मोटरसाइकलदेखि हेभी इक्विपमेन्टसम्म चलाउन सिक्न पाउने छन् । यसमा जोडिएका ड्राइभिङ सेन्टरले गाडी चलाउन सिकाउनुको साथै विभिन्न सुरक्षा अवलम्बन गर्नु पर्ने विषयमा विद्यार्थीलाई विशेष कक्षा लिने व्यवस्था गरेको छ ।

दादा ड्राइभिङ स्कुलमा मोटरसाइकल सिक्न ३ हजारदेखि ७ हजार रुपैयाँ सम्म तिर्नु पर्ने हुन्छ भने कार सिक्न एक महिने कोर्षको लागि १५ हजारदेखि २५ हजारसम्म तिर्नु पर्ने हुन्छ ।
अहिले दिइरहेको अफर केही समयको लागि भएको बताउँदै उनले भने, ‘अहिले मानिसको आय कमजोर भएको छ । अब विस्तारै मानिसलाई काममा निस्कनु पर्ने हुन्छ । त्यसैले हामीले अफर ल्याएर विद्यार्थीलाई केही सजिलो बनाएका हौं ।’
‘हामीले गाडी चलाउन मात्र सिकाउँदैनौ, उनिहरुलाई सुरक्षित गाडी कसरी चलाउने भन्ने विषयमा विशेष ज्ञान दिने छौं’, दादा ड्राइभिङ स्कुलका संस्थापक सन्तोष न्यौपानेले भने ।