दबावमूलक इलेक्ट्रिक कार -याली रोकियो
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
June 9, 2020

नेपाल इलेक्ट्रिक भेइकल एसोसिएसन (नेभा) को आयोजनामा हुने भनिएको दबावमूलक इलेक्ट्रिक कार -याली अन्तिम अवस्थामा रोकिएको छ ।

सरकारले हालै बजेटमार्फत इलेक्ट्रिक भेइकलमा बढाएको करको विरुद्धमा दबाव दिन सो -याली आयोजना गर्ने कार्यक्रम थियो । सो -याली काठमाडौंको रत्नपार्कबाट शुरु भई नयाँ बानेश्वर, गौशाला, कालोपुल हुँदै फेरि रत्नपार्क फर्किने कार्यक्रम थियो ।

तर पछि प्रहरी प्रशासनले सो -याली नगर्न आग्रह गरे पछि रोकिएको छ । नेभाका अध्यक्ष नवराज पौडेलले करिव ३०/३५ इलेक्ट्रिक गाडी -यालीका लागि जम्मा भएर तयारी गरिरहेको समयमा ट्राफिक प्रहरीले -याली नगर्न आग्रह गरेकाले रोकिएको बताए ।

नेभाका सचिव सरोज थापाले एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीको असहयोगको कारण -याली सफल हुन नपाएकोले आफूहरु दुःखी भएको बताएका छन् । थापाले नेपालमा विद्युतीय सवारी लगायत नयाँ उर्जा सवारी साधनको विकास र प्रवद्र्धनका लागि सधै क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

-यालीका लागि विभिन्न स्थानबाट इलेक्ट्रिक सवारी धनीहरु आफ्ना सवारी साधनका साथ आइपुगेका थिए ।