टेस्ला मोडेल ३ लाई होङगोउङ मिनि इभीले पछि पार्दै
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 23, 2021

संसारको सबै भन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला संग चिनियाँ होङगोउङ मिनि इभीले तिब्र प्रतिस्पर्धा गरेको छ । चीनमा बनेको होङगोउङ मिनि इभी फरवरी २०२१ सम्म सबै भन्दा बढी इलेक्ट्रिक सवारी विक्रि हुने रेकर्ड बनाएको छ । विक्रिको हिसाबले यो गाडी टेस्ला मोडेल ३ इलेक्ट्रिक सेडान कारलाई पनि पछि पारेको छ ।
होङगोउङ मिनि इभीले टेस्लाका कारलाई कडा चुनौती दिइरहेको छ । रिपोटको अनुसार जनवरी २०२१ मा होङगोउङ मिनि इभी ३६ हजार बढी सवारी वेचेको थियो । जब की टेस्ला मोडेल ३ त्यो महिनामा २१ हजार ५ सय यूनिट विक्रि भएको थियो । त्यस्तै टेस्ला मोडेल ३ फरवरीमा १३ हजार ७ सय यूनिट विक्रि भएको थियो । सो महिनामा होङगोउङ मिनि इभीको २० हजार बढी यूनिट बेच्न सफल भएको थियो ।

होङगोउङ मिनि इभी साइज र स्पेसीफिकेसनको कुरामा टेस्लाको अगाडी कमजोर छ । कार निर्माताको दाबी अनुसार होङगोउङ मिनि इभी कार फुल चार्जिङमा १ सय ७० किलोमीटरको दुरी तय गर्न सक्छ । कारको टप स्पीड १ सय किलोमीटर प्रति घण्टा रहेको छ । यो इलेक्ट्रिक कारमा १३ केडब्लूएच ब्याट्री प्रयोग गरिएको छ भने टेस्ला मोडेल ३ कार फुल चार्जमा ४ सय २ किलोमीटरको दुरी तय गर्न सक्छ ।

होङगोउङ मिनि इभी लम्बाई २,९२१ मिमी, चौडाई १,४९९ मिमी र उचाई १,६२६ मिमी रहेको छ । यो मिनी कारको तौल ६ सय ६५ किलोग्राम तथा ह्वील बेस १९४० मिमी रहेको छ । यसको तुलनामा २०२१ टेस्ला मोडेलको लम्बाइ ४,६९९ मिमी, चौडाई १,८५४ मिमी र उचाई १,४४८ मिमी छ । कारको तौल १,५८७ किलोग्राम तथा ह्वीलबेस २,८७० मिमी रहेको छ ।

होङगोउङ मिनि इभी कार ब्याट्री पावर, ड्राइभिङ रेन्ज र पर्फोमेन्सका लागि टेस्ला मोडेल ३ बाट धेरै पछाडी छ । तर होङगोउङ मिनि इभीमा पाइने सविधा र सस्तो मूल्यका कारण संसारमा सबैभन्दा बढी बिक्रि हुने विद्युतीय कार बनाएको छ । होङगोउङ मिनि इभीको चिनियाँ बजार मूल्य २८ हजार ८ सय युआन देखि ३८ हजार ८ सय युआन सम्म रहेको छ । डलरमा ४ हजार १ सय देखि ५ हजार ५ सय मूल्य हुन जान्छ । जब की टेस्ला मोडेल ३ इलेक्ट्रिक सेडान कारको मूल्य ३८ हजार १ सय ९० डलर पर्न जान्छ ।