टेस्ला कार बिटक्वाइन बाटै किन्न सकिने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 25, 2021

टेस्ला कम्पनीका कार बिटक्वाइनबाट किन्न सकिने कम्पनी प्रमुख एलन मस्कले ट्वीटरमा घोषणा गरेका छन् । उनले टेस्ला कम्पनीका कार डिजिटल मुद्राबाट किन्न सकिने बताएका हुन् ।

कार निर्माता टेस्ला कम्पनीले केही हप्ता अघि डिजिटल मुद्रा बिटक्वाइन डेढ अर्ब अमेरिकी डलर मूल्यमा खरिद गरेको थियो । त्यो संगै बिटक्वाइनको मूल्य लगातार बढेर कीर्तिमान कायम गरेको थियो ।

टेस्लाले आन्तरिक सफ्टवयर ल्याएर बिटक्वाइन भुक्तानीको व्यवस्थापन गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । त्यो सफ्टवयरले बिटक्वाइन कारोबार प्रकिया मिलाउँछ । मस्कका अनुसार टेस्लालाई भुक्तानीमा दिइने बिटक्वाइन बिटक्वाइनकै रुपमा रहनेछ । सरकारी नियन्त्रण रहने मुद्रामा विनिमय हुनेछैन।

अमेरिकामा नयाँ टेस्ला कार सय डलर मूल्यबराबरको बिटक्वाइनसँगै अर्डर समेत गर्न सकिने भएको छ । बिटक्वाइनबाट अन्य देशमा पनि कारोबार गर्न सकिन्छ । बिटक्वाइनको परिवर्तन भइरहने मूल्यका कारण वस्तु तथा सामान खरिदमा भने जटिलता देखिन्छ । बिटक्वाइननको मूल्य घटबढ हुने भएकाले ग्राहकले गाडी फिर्ता गर्नुपरे घाटा व्यहोर्नुपर्ने देखिन्छ ।