टेल्जीका स्कुटर किन्दा ५० हजार छुट
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005) April 13, 2021
April 13, 2021

नेपालमा टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको आधिकारिक विक्रेता योम माई मोटर्स प्रालिले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ ।

नयाँ वर्षको उपलक्ष्यमा कम्पनीले टेल्जीका स्कुटरमा नगद छुट तथा एक्सचेन्ज अफर ल्याएको हो । सार्वजनिक गरेको स्कीम अनुसार ग्राहकले १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले कुनै पनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीका नयाँ स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा १५ हजार थप मूल्याङकन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हरेक स्कुटरको खरिदमा १० हजार बराबरको एशोसरिजमा ५ हजार वरावरको ब्लुटुथ हेलमेट, पिलियन व्याक रेस्ट र फुट म्याट निःशुल्क प्रदान गर्ने जनाइएको छ । छुट योजना बैशाख १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

टेल्जीका स्कुटरहरुमा कीक लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

टेल्जी ब्रान्डको स्कुटर ७७ देशमा विक्री भइरहेको छ । टेल्जी ब्रान्ड संयुक्त राष्ट्रसंघको इन्भाइरोमेन्ट इ मोविलिटी प्रोगाम पार्टनर तथा ट्राभल पार्टनर रहेको छ ।