टेकुमा भेस्पा र अप्रिलिया स्कुटरको सोरुम
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
July 17, 2020

काठमाडौं – काठमाडौंको टेकुमा भेस्पा र अप्रिलिया स्कुटरको सोरुम खुलेको छ ।
आज आयोजित एक कार्यक्रमका बीच भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सका प्रालिका उपाध्यक्ष विवेक दुगड र निर्देशक उर्भी दुगडले गरे ।
सोही कार्यक्रममा ६ वटा स्कुटरका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो ।
हालै दुगड़ ब्रदर्स एन्ड सन्स प्रालिले कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा न्यु नर्मल (कोभिड– १९) योजना ल्याएको छ ।
यसका साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर, आफिसियल किरिङ आदि उपलब्ध गराइरहेको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाटै स्कुटर डेलिभरी गर्न सकिने र ग्राहकले चाहेको स्थानमा निःशुल्क डेलिभरी गराउने गरेको छ ।
सबै ग्राहकको सुबिधालाई मध्यनजर गर्दै यो योजना सुरु गरिएको र टेकु शोरुम धेरैको पायक पर्ने सेन्टर लोकेसनमा भएको हुनाले ग्राहक सुविधामा वृद्धि हुने मार्केटिङ म्यानेजर करुणा पुडासैनी बताउछिन् ।