टु ह्विल टुरिङ्गको अन्र्तराष्ट्रिय वेबिनार सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
June 25, 2020

मितिः असार १० गते, २०७७

टु ह्विल टुरिङ्गको अन्र्तराष्ट्रिय वेबिनारमा ७ राष्ट्रका सहभागी, दुई दर्जन गन्तब्यको घोषणा

टु ह्विल टुरिङ्ग नेपालको मुख्य पर्यटकीय प्रोडक्ट बन्न सक्ने,
• FIM र नासा नेपालले विश्वब्यापी अभियान र सहकार्य शुरु गर्नुपर्ने सुझाव,
• FIM Asia ले नेपालमा नासासंग टु ह्विल टुरिङ्गको शुरुवात गर्ने
• सुरक्षा, बिमा, नितिगत निर्णय र प्रोमोसनमा सरकारी सहयोगको अपेक्षा

नेपालमै पहिलो पटक हिजो असार १० गते टु ह्विल टुरिङ्गको विषयमा अन्र्तराष्ट्रिय वेबिनार सम्पन्न भएको छ । नासा नेपालको संयोजनमा सम्पन्न सो वेबिनारमा संसारका विभिन्न संगठन र देशका प्रतिनिधिहरुले नेपाल टु ह्विल टुरिङ्गको हब बन्न सक्ने सम्भावना औल्याए ।
क्रस बोर्डर कनेक्टिभिटि, इन्टरनेसनल ड्राइभिङ्ग परमिट जस्ता विषयमा नेपाल सरकारले केही सकारात्मक सुधार गरे त्यो सम्भावना टाढा नभएकोमा उहाँहरुको एकमत थियो ।
वेबिनारमा Federation International de Motocyclisme (FIM) का बोर्ड मेम्बर
Stephen Maccky Carapiet, Women International Motorcycle Association (WIMA) उपाध्यक्ष ls pkfWoIf Zara Strange, FIM Touring कमिसन
जेनेभाका सदस्य तथा एसियाका उपाध्यक्ष सुजिथ कुमार मुख्य वक्ताको रुपमा हुनुहुन्थ्यो ।

Singapore Motorsports Association का पुर्व अध्यक्ष Leslie Chang ले भनटु ह्विल टुरिङ्ग, जस्तै नेपालमा ड्राइभ टुरिजमको सम्भावना र चुनौतीको विषयमा उदाहरण सहित प्रस्तुति राख्नु भएको थियो जसको वकालत बिगत लामो समय देखि ड्राइभ टुरिजम नेपालले नासा नेपालको सहकार्यमा गरिरहेको छ ।

त्यस्तै, FIM Asia का उपाध्यक्ष इसा अलि, BD Motorcyclist ढाकाका निर्देशक Riaz Uddin Ahamad, भुटानका ट्राभलर खाण्डु तथा भारतका मोटर साइक्लिस्ट सान्तनु बेनर्जीले समेत नेपालको टु ह्विल टुरिङ्गको बारेमा आ—आफ्ना धारणा राख्नु भएको थियो ।
भने नेपालका ट्राभलर, संचारकर्मी रेमनदास श्रेष्ठ र दाङ्गका नेपाल टुर गर्ने मोटर साइक्लिस्ट बसन्त भण्डारीले, नेपालमा टु ह्विल टुरिङ्ग पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै आ आफ्नो राइडिङ्ग अनुभव शेयर गर्नुभएको थियो ।

माउन्टेन स्पोर्ट्स नेपालका अध्यक्ष गोविन्द भट्टराईले नेपालका २ दर्जन टु ह्विल टुरिङ्गका डेस्टिनेसन सार्वजनिक गर्नुभएको उक्त वेबिनारमा नेपालको टु ह्विल टुरिङ्गकोे बारेमा Women International Motorcycle Association -WIMA_ Nepal कि सचिव उस्मिता थापा र नासा नेपालका सचिव सन्तोष न्यौपानेले नासाको टुरिङ्ग गतिविधि र योजना प्रस्तुत गर्नुभएको थियो ।
प्रमोद श्रेष्ठ, गुफीले संचालन गर्नुभएको सो वेबिनारले नेपालको संकटपूर्ण पर्यटनमा केही टेवा पुग्ने अपेक्षा गर्न सकिने महासचिव आशिष गजुरेलले बताउनुभयो ।