टीभीएस पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
November 6, 2020

टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण बनेका छन् । उनले टीभीएसको जनकपुर सोरुमबाट टीभीएस स्ट्राइकर किनेका थिए ।
उनले अब टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप प्राप्त गर्नेछन् । नेपाल आइडल सिजन २ विजेता रवि ओडले एक कार्यक्रमका बीच सो घोषणा गरेका हुन् । उनले सप्तरङ कार्यक्रममार्फत टीभीएससँग जोडिएको र यो ब्रान्डप्रतिको विश्वसनियता बढेको बताए । सो अवसरमा नेपाल आइडल विजेता रवि ओडले रत्नेश्वर कुमार कर्णलाई अब स्ट्राइकर नचढेर अपाचे आरआर ३१० बाइक चढ्न पाउने र यसको विश्वसनियताका लागि एभिन्युज टेलिभिजन हेर्न टेलिफोन कलमार्फत सुझाव दिए । उनले जनकपुर सोरुमबाट फोन आयो भने अझ विश्वसनियता बढ्ने जानकारी दिए ।

सो अवसरमा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले १०० देखि ३१० सीसी सम्मका टीभीएसका सबै बाइक नेपाली बजारमा उपलब्ध भएको र ग्राहकले आफूले चाहेको बाइक वा स्कुटर प्राप्त गर्न सकिने बताए । यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् । त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

Email: mkt.autonepal@gmail.com