टाटा मोटर्सको २४सै घण्टा आकस्मिक मर्मत सेवा
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
April 11, 2020

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस लकडाउनमा पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिइरहेको बताएको छ ।

सिप्रदीले आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग भएको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप सेवा प्रदान गर्न तत्पर भएको बताएको छ ।
सरकारद्वारा जारी गरिएका नियम पालना गरी आफ्ना आधिकारिक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु २४सै घण्टा राष्ट्रका सेवक तथा ग्राहकहरुलाई सेवा दिन तयार भएको बताएको छ ।
हालसम्म एक सयभन्दा बढी एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा दिइसकेको सिप्रदीले जानकारी दिएको छ । त्यसैगरी हालसम्म १६० वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा दिइसकेको जानकारी दिएको छ ।

हलको विषम परिस्थितिमा २५ विभिन्न स्थानबाट सेवाका लागि परिचालित डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिने पनि कम्पनीले बताएको छ ।