टाटा नेक्सन मेरो नजिकको साथी
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
July 29, 2020

ज्योत्सना सैंजु, होटल व्यवसायी

म अहिले टाटाको नेक्सन चलाउछु । यो भन्दा पहिले मैले हुण्डाईको स्यान्ट्रो चलाएको थिए । त्यो गाडी अहिलेपनी प्राय हाम्रो होटलमा प्रयोग हुन्छ । मैले स्कुटर चलाउन सिकिन । सानोमा साइकल भने चलाएको थिए । मैले यो गाडी लिएको ३ वर्ष भयो । मेरो यो गाडी धेरै धुलिखेल, बनेपा र काठमाण्डौ चल्छ । गाडीको पर्फमेन्स राम्रो छ । यो डिजल गाडी हो । मलाई यसले अहिलेसम्म कहिले पनि दुख दिएको छैन । यो गाडी मेरो रोजाइमा किन पर्‍यो, भने मैले पहिला चढेको हुण्डाई स्यान्ट्रोको ग्राउन्ड क्लियरेन्स धेरै कम थियो । खाल्डा खुल्डी भएको सडकमा ठोकिन्थ्यो । उकालोमा तान्न पनि समस्या थियो ।

Email: info@eautonepal.com