टाटा नेक्सन ईभी सबैभन्दा बढी बिक्री
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
April 18, 2020

टाटाले मार्च महिनामा सबैभन्दा बढी टाटा नेक्सन ईभी बिक्री गरी एमजी र हुन्डाई इलेक्ट्रिक कारलाई पछाडि पारेको छ ।
विश्वभरि इलेक्ट्रिक भेइकलको विस्तारपछि भारत र नेपाल लगायतमा बढ्दैछ ।
एमजीले हालै भारतमा एमजी जेडएस ईभी लन्च ग¥यो । टाटा नेक्सनको इलेक्ट्रिक भर्सन पनि बजारमा उपलब्ध रहेको छ ।

मार्च २०२० मा टाटा नेक्सनले सबै इलेक्ट्रिक कारलाई पछाडि पार्दै पहिलो स्थानमा परेको छ । सो कार १९८ युनिट बिक्री भएको थियो । लकडाउन सकेपछि सो कार अझ बढी बिक्री हुने कम्पनीले विश्वास गरेको छ ।
बिक्रीको हिसाबले एमजी जेडएस दोस्रो र हुन्डाई कोना तेस्रो नम्बरमा परेका छन् ।
कम्पनीका अनुसार नेक्सन ईभी कार फुल चार्जमा ३०० किलोमिटरको दुरी तय गर्छ । कम्पनीले सो कारमा फास्ट चार्जिङको विकल्प पनि दिएको छ । फास्ट चार्जरबाट सो कारको ब्याट्री ६० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । स्ट्यान्डर्ड एसी चार्जरबाट ब्याट्री फुल चार्ज हुनको लागि करिब ८ घन्टाको समय लाग्छ ।

नेपाली बजारमा हुन्डाई कोना र एमजी जेडएस ईभी उपलब्ध छन् भने टाटा नेक्सन ईभी आउन बाँकी छ ।