टाटाको १११ वटा प्यासेन्जर भेइकल हस्तान्तरण
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 20, 2020

नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेइकल हस्तान्तरण गरेको छ ।

बिश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपुर्ण उपलब्धिको रुपमा लिएको बताएको छ ।
हालैमात्र सार्वजनिक गरिएको बहुप्रतीक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले बताएको छ । उत्कृष्ट बिक्री तथा बिक्री पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखि टाटा मोटर्सका अत्याधुनिक तथा सुबिधा सम्पन्न गाडीको बिक्री–वितरण र बिक्री पश्चातका सेवाहरु उपलब्ध गराउदै आएको छ ।
यात्रुका लागि सुरक्षामा बिशेष ध्यान पु¥याइएको टाटाका गाडीहरुले ग्लोवल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ्ग प्राप्त गरिरहेका छन् । टाटाका गाडीहरु सुरक्षित र बिश्वसनिय भएकाले ग्राहकहरुको रोजाइमा पर्न सफल भएको बताइएको छ । साथै टाटा मोटर्सका गाडी खरिद गर्न चाहने खरीदकर्ताहरुले आफूलाई पायक पर्ने टाटा मोटर्सका सोरुममा गएर गाडीहरुको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरिद गर्न सक्नेछन ।
टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु रहेका छन ।