जीपको इलेक्ट्रिक रेङ्गलर सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 23, 2021

जीपले नयाँ आइकोनिक अफ रोड रेङ्गलर एसयूवीको इलेक्ट्रिक भर्जनमा म्यागनेटो सार्वजनिक गरेको छ । जीपले इस्टर जीप सफारी २०२१ को मौकामा नयाँ इलेक्ट्रिक एसयूवी सार्वजनिक गरेको हो ।

म्यागनेटो सेतो र निलो रंगको ड्यूल टोन बाडीवर्कमा बनाइएको छ । अफ रोडको लागि बनेको यो गाडीमा ५ सेन्टीमीटरको लिफ्ट किट, १७ इन्चको पाङ्ग्रा राखिएको छ । म्यागनेटोमा स्ट्यान्डर्ड इलेक्ट्रिक मोटर दिइएको छ जुन ३.६ लीटर पेन्टास्टार वी ६ पेट्रोल इन्जिन जस्तै उच्च प्रदर्शन गर्छ । ३.६ लीटर पेन्टास्टार बीएस ६ को पेट्रोल इन्जिनमा २९३ एचपीको पावर र २७० एनएम टर्क जेनेरेट गर्छ । जुन ७ सेकेन्डमा १०० किलोमीटर प्रति घन्टाको गति लिन सक्छ । यसमा इलेक्ट्रिक पावरट्रेनको परम्परागत ६ स्पीड म्यानूअल गियरबस्क र क्लज दिइएको छ । म्यागनेटोमा पनि सिंगल रेसियो ट्रान्समिसन प्रयोग गरिएको छ जुन इनर्जी रिकवर सिस्टमलाई मद्दत गर्छ ।

अमेरिकी कार निर्माताले म्यागनेटो नयाँ इन्जिन वी ६ को जस्तै बलियो हुने दाबी गरेको छ । यो गाडीको चेसिस क्षेत्रमा वाटरप्रुफ चार ब्याट्री जडान गरिएको छ । यो ब्याट्री ३० इन्च गहिरो पानीका डुबे पनि केही फरक नपर्ने दाबी गरेको छ । गाडीमा ७० केडब्लूएच र ८०० भोल्टको ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्री छिटो चार्ज पनि हुन्छ । रिपोटको अनुसार जीप म्यागनेटोले फुल चार्जिङमा ३ सय ५४ किलोमीटर दुरी तय गर्ने जनाएको छ ।

यसै वर्ष जीपले थप ३ नयाँ एसयूवी जीप रेड बेयर ग्लाडिटर कन्सेप्टमा, जीपस्टर वीच र जीप ओरेन्ज पील्ज सार्वजनिक गरिसकेको छ । जीप रेड बियर ४ ढोका भएको पिकअप हो । यसमा ३.० लीटर ईको डिजल वी ६ को इन्जिन पाइन्छ । जसमा २६० एचपीको पावर र ५९९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ । जीपस्टर वीचमा २.० लीटर टर्बो चार्ज ४ सिलिन्डरको इन्जिन राखिएको छ । जुन ३४० एचपी पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै जीप ओरेन्ज पील्जमा ३.६ लीटर वी ६ इन्जिन जडान गरिएको छ ।