जीएमसी हम्मरको विद्युतीय गाडी सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 4, 2021

जीएमसी हम्मरले एसयूभी इभी ३ मोडेलको विद्युतीय कार अप्रिल महिनामा सार्वजनिक गर्ने जनाएको छ । विश्वव्यापी चर्चित अमेरिकी कार निर्माता जीएमसी हम्मरले बनाएको यो गाडी वायु प्रदुषण नगर्ने पहिलो सुपरट्रक भएको दाबी गरेको छ ।

कुनै समय धन्धाय व्यक्तिको पहिलो रोजाइमा पर्ने यो जीएमसी हम्मर कम्पनीका गाडीले बढी इन्धन खपत गर्ने भएकाले व्यापारमा कमि आएको थियो । तर अब जीएमसी हम्मरको विद्युतीय अवतारले भने चर्चा कमाउने देखिन्छ । जीएमसी हम्मर विद्युतीय एसयूभीमा ३५ इन्चको ४ ठुला साइजका ह्वील्स दिइएको छ । जसमा २ फीट गहिरो पानीमा तथा १८ इन्च उचाइमा पनि आरमले चल्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै यस गाडीमा १८ क्यामेरा दिइएको छ । जसले कठिनबाटोमा सहि कोण देखाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

केबिनमा अगाडि पछाडि क्लीयरेन्स लाइट, केबिनमा १३.४ इन्च इन्फोटेनमेन्ट टचस्क्रीन, १२.३ इन्चको कस्टमाइज डिजिटल डिस्प्ले पनि दिइएको छ । यसका साथै यो एसयूभीमा १४ स्पीकर बोस सेन्टरपोइन्ट अडियो सिस्टम, इनफिनिटी रुफ जुन रिमुभेबल रुप प्यानल, आइबार माउन्टिङ फ्रेमको विशेषता छ ।

जीएमसी हम्मर इभीमा एक अगाडि र २ पछाडि विद्युतीय मोटर दिइएको छ । यो गाडीको मोटरले एक साथ १००० हर्षपावर र १५,५९१ एनएम टर्क जेनेरेट गर्ने जीएमसी कम्पनीको दाबी छ । यो कारले मात्र ३ सेकेण्डमा ९६ किलोमीटर प्रति घण्टाको गति लिन सक्ने कम्पनीले जनाएको छ । यस गाडीमा क्रयाबवाक मोड दिइएको छ जसले चार पङ्ग्रा एक साथ एक कोणमा मोड्न सकिनेछ ।

जीएमसी हम्मर इभीमा अल्टियम टेक्नोलोजीको पै्रयोग गरिएको छ । कार निर्माताको दाबी अनुसार यो गाडीले एक पटक फुल चार्जिङमा ५६३ किलोमीटर तय गर्नेछ । यो टेस्लाको साइबरट्रकको ड्राभिङ रेन्ज ५०० किलोमीटर रहेको छ । जीएमसी हम्मर इभीको व्याट्री एक ८०० भोल्ट, ३५० किलोवाट डीसी फास्ट चार्जर भएकोले १० मिनटमा चार्ज गर्दा १६० किलोमीटरको दुरी तय गर्छ ।

जीएमसी हम्मर इभीमा क्रयाब मोड दिइएको हुनाले पानी, बलुवा, हिलो तथा असहज सडकका सजिलै गुड्ने छ । यो एसयूभीको सेन्टर अफ ग्रेविटि तल रहेको छ । यसमा अन्डरबाडी क्यामेरा लगायत विशेषता दिइएको छ ।