जिमखाना प्रतियोगिता सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 5, 2021

मुक्तिनाथ सम्मको र्यालीको लागि निस्केको टोलीले शनिबार लेटेमा जिमखाना प्रतियोगिता सम्पन्न गरेको छ । नासा नेपालका उपाध्यक्ष तथा मोटर स्पोट्सका राष्ट्रिय खेलाडी अनिल बरालको नेतृत्वमा सम्पन्न भएको हो ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने विजेतालाई साउथ इस्ट एसियन जिमखाना प्रतियोगितामा सहभागिताका लागि पठाउने मोटर स्पोट्सका राष्ट्रिय खेलाडी बरालले बताए । गत शुक्रबार चितवनबाट प्रस्थान गरेको कार र्याली आइतबार मुक्तिनाथ पगेको थियो ।

पहिलो पटक सहभागी बन्दा सहभागीहरु पनि निकै उत्साही बनेको मुर्तरुप दिनका लागि हाल चितवन मुक्तिनाथ मोटर र्र्यालीको आयोजना गरिएको संयोजक पियाले बताए ।

चितवन र मुस्ताङ दुवै पर्यटकीय क्षेत्र हो । धार्मिक रुपमा समेत लोकप्रिय मानिएका चितवनको देवघाट र मुस्ताङको मुक्तिनाथलाई जोड्न र्यालीले सहयोग गरेको तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।