जनताको हकहितका लागि करलाई सच्याउनु पर्ने
Auto Nepal
June 3, 2020

नेपालमा इलेक्ट्रिक गाडी बिक्री गरिरहेका कार कम्पनीहरुको नयाँ संघ “नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन” ले राजधानीमा पहिलो पत्रकार सम्मेलन गरेको छ ।
इलेक्ट्रिक गाडीको कर नयाँ बजेटमार्फत सरकारले बढाएको समयमा यस्ता गाडी बिक्री गरिरहेका एसोसिएसन
“नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन” का अध्यक्ष नवराज पौडेल र सचिव सरोज थापाले पछिल्लो समयमा यस्ता गाडीहरुको बिक्री बढ्दो क्रममा रहेको समयमा सरकारले ल्याएको नीतिले गम्भीर असर पुग्ने बताउदै सबै व्यवसायी र नेपाली जनताको हकहितका लागि सरकारले निर्धारण गरेको करलाई सच्याउनु आवश्यक रहेको बताए ।

उक्त सम्मेलनमा नेपालमा पहिलेदेखि महिन्द्राका इलेक्ट्रिक कार बिक्री गरिरहेको अग्नि इनर्जी प्रालिका एक्जिक्युटिभ सिनियर इन्जिनियर प्रमोद भण्डारी देखि हाल एमजीको विभिन्न नयाँ फिचर सहितको गाडी बिक्री गरिरहेको पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्याल र किया मोटर्सका इलेक्ट्रिक गाडी बिक्री गरिरहेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका असिष्टेन्ट जनरल म्यानेजर मन्जितकुमार पोखरेल समेतले सरकारले बढाएको कर बैज्ञानिक नभएको बताएका छन् ।

उनीहरुले सरकारले केही गाडीलाई मात्र लक्जरी गाडीको रुपमा वर्गीकरण गरी यसरी कर निर्धारण गर्दा समग्र व्यवसाय नै धरापमा परेको धारणा राखे । पछिल्लो समयमा नेपालमा नयाँ ब्रान्डको रुपमा बिक्री भइरहेका बीवाईडी ब्रान्डको वितरक साइमेक्स इंकका सिनियर म्यानेजर साहिल श्रेष्ठ र दिगो ब्रान्डका चिफ एक्जिक्युटिभ अफिसर हेमन्त पुरानिकले समेत सरकारले पहिले आफैले घोषणा गरेको नीति विपरित यी सवारी साधनमा कर बढाएको र यसलाई परिमार्जन गरिनु पर्ने बताए ।

सरकारले यसअघि इलेक्ट्रिक कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत मात्रै सडक दस्तुर लिदै आएको थियो ।