चितवन अटोमोवाइल्स र अटोमोवाइल्स सहकारीको संयुक्तरूपमा राहत वितरण
Auto Nepal
May 9, 2020

भरतपुर, चितवन अटोमोवाइल्स एसोसिएसन, अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार संयुक्तरूपमा भरतपुरका विभिन्न स्थानमा राहत वितरण गरेको छ ।

महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नको लागि नेपाल सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका अनाथ र असाहयहरूको दैनिकी केही सहज होस् भन्ने उद्देश्यले विभिन्न संस्थामा गएर राहत वितरण गरिएको हो।

अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष भिमलाल न्यूरे, पुर्व अध्यक्ष, कार्यसमिति तथा सञ्चालक समितिका पदाधिकारीहरूको उपस्थितिमा मानव सेवा आश्रम बाइपासरोड, मन्जुश्री असाहय संरक्षण केन्द्र, भरतपुर–११, रोटरी करूणालय देवघाट, रामनगर बजार व्यवस्थापन समिति भरतपुर–१, हाम्रो घर भरतपुर–३, आमाको माया छात्रबास भरतपुर–१२, श्री सत्यसाइ बालसेवा आश्रम भरतपुर–१०, मुसहर बस्ती रत्ननगर–७ र असहाय वृद्ध समाज रत्ननगर–१२ लाई राहत संकलन पश्चात हस्तान्तरण गरिएको हो ।

बृद्धाश्रम, बालबालिका गृह, परोपकारी संस्था, अति विपन्न वर्गसहित ९ वटा संस्थालाई दुवै संस्थाको संयुक्त प्रयासमा राहत वितरण गरिएको चितवन अटोमोवाइल्स एसोसियसनका अध्यक्ष अमृत जोशीले जानकारी दिए । संस्थामा आवद्ध सदस्य तथा सेयर सदस्यहरुबाट स्वतस्फुर्त रूपमा सहयोग प्राप्त रकमबाट राहत सामग्री हस्तान्तरण गरिएको उनले बताए ।

– Amrit Joshi@CHITWAN