चितवन अटोको साधारणसभा सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
February 8, 2021

चितवन अटो मेकानिकल व्यवसायी संघको शनिबार सम्पन्न २० औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशनबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा योगराज ढकाल, प्रथम उपाध्यक्षमा दिल्लीराम महतो थारु, द्वितीय उपाध्यक्षमा प्रेमनारायण न्यौपाने, महासचिवमा प्रकाश पाठक, सचिवमा अनन्तराज भण्डारी, कोषाध्यक्षमा कमलप्रसाद उपाध्याय र सह–कोषाध्यक्षमा उपेन्द्र साह निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा जीवन घताने, अर्जुन कुमार श्रेष्ठ, भीमबहादुर तामाङ, राजकुमार राउत, अनुपबाबु सुवेदी, सूर्यप्रसाद भट्टराई र अबजल अहमद निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।