चितवनमा अटो मेकानिक्सको रक्तदान सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
January 31, 2021

चितवन अटो मेकानिकल व्यवसायी संघ तथा अटो मेकानिकल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा शहीदहरुको सम्झनामा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा ५१ जनाले रक्तदान गरेका छन् । संस्थाले बर्सेनि शहीद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आइरहेको नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भट्टराईले बताए । जिल्लामा रगतको अभाव हुन नदिन भन्दै रक्तदान गरिएको भट्टराईको भनाइ छ ।