गल्फ लुब्रिकेन्टको स्किम भिटारा ब्रेजा प्रदान
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
January 29, 2021

२०७७ माघ १५

गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किम अन्तर्गत वालाजु स्थित सबरा इम्पेक्सलाई भिटारा ब्रेजा गाडी प्रदान गरेको छ । Subura Impex गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो । यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ ।
नेपाल ल्युब आयलका डिजीएम दिवाकर मिश्रले Subura Impex का प्रोप्राइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गर्नुभएको थियो ।

एड्भान्स क्लब्ड स्किमका बारेमा
नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसै सिलसिलामा २०७६÷२०७७ तथा २०७७÷२०७८ को २ वर्षको आवधि भित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा GEO तथा DEO रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।

Subura Impex का बारेमा
Kushum Enterprises Ptv. Ltd. अन्तर्गत रही काठमाडौं उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएकोे छ ।