कियाको सोनेट ७ सीटर सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 9, 2021

विश्वव्यापी चर्चित दक्षिण कोरियाको किया कर्पोरेसनले सोनेट ७ सीटर सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो वर्ष सार्वजनिक गरिएका सोनेटको सफलता पछि उक्त भर्जनलाई ७ सीटरमा ल्याउने तयारी गरेको कम्पनीले जनाएको हो ।

कम्पनीले आधिकारिक रुपमा ७ सीटर किया सोनेट एसयूभी इन्डोनेसियामा लन्च गरिसकेको छ । कम्पनी यस मोडेललाई एसियामा ल्याउने तयारीमा छ ।

नेपालमा बजारमा पाइने किया सोनेट ५ सीटरको तुलनमा ७ सीटरमा धेरै फरक छैन् । मात्र ७ सीटरमा २ सीट जोडिएको छ । त्यस्तै दोस्रो पक्तिंमा एसी लगाउन सजिलोका लागि ७ सीटर किया सोनेटमा सनरुफ नआउने कम्पनीले जनाएको हो ।

किया सोनेट ७ सीटर भर्जनमा १.५ लीटर ग्र्यामा, स्मार्टस्ट्रीम ड्यूल सीभीभीटी इन्जिन मिल्छ । यो इन्जिनले ६,३०० आरपीएममा ११५ पीएसको पावर र ४,५०० मा १४४ एनएम पीक टर्क जेनेरेट गर्छ । यो इन्जिनमा इन्टलीजेन्ट्स भीटी ट्रान्समिसन र ६ स्पीड म्यानुअल ट्रान्समिसनमा विकल्पमा उपलब्ध छ ।