कार र्याली मुक्तिनाथमा सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 4, 2021

गत शुक्रबार चितवनबाट प्रस्थान गरेको कार र्याली आज विहाना मुक्तिनाथ पुगेको छ ।

आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश फैलाउने उद्देश्यले नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्याली आयोजना गरिएको हो ।

पहिलो पटक सहभागी बन्दा सहभागीहरु पनि निकै उत्साही बनेको मुर्तरुप दिनका लागि हाल चितवन मुक्तिनाथ मोटर र्र्यालीको आयोजना गरिएको संयोजक पियाले बताए ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबाट फ्ल्याग डाउन भए पश्चात र्याली प्रारम्भ भएको थियो । पहिलो पटक भएकाले सो र्याली टाइम, डिस्टेन्स र स्पिड अर्थात टीडीएसको आधारमा हुने भए पनि यसका लागि सहभागीहरुलाई सामान्य धारणा बसाल्ने गरी कार्य भएको थियो । चितवन देखि मुक्तिनाथको बीचमा विभिन्न ६ स्थानमा चेक प्वाइन्ट राखिएको थियो ।

र्यालीलाई आर्थिक रुपमा मुख्य रुपले भरतपुर महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गरेको थियो । उद्योग वाणिज्य संघ चितवन, जश्मिन पेन्ट्स, एनवाईईएफ चितवन च्याप्टर र चितवनमा अवस्थित प्युजो गाडीको डिलर ओजोन मोटर्स, टाटा मोटर्सको डिलर सफल मोटर्स र इसुजु गाडीको डिलर कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज आदिले समेत सहयोग गरेका थिए ।

चितवन र मुस्ताङ दुवै पर्यटकीय क्षेत्र हो । धार्मिक रुपमा समेत लोकप्रिय मानिएका चितवनको देवघाट र मुस्ताङको मुक्तिनाथलाई जोड्न र्यालीले सहयोग गरेको तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।