कन्ट्रयाक्टर सम्मेलन सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
February 8, 2021

देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स्द्वारा भक्तपुर ब्यान्क्वेट, सल्लाघारीमा कन्ट्रयाक्टरहरुसँग कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनिका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टि.एम.टि छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरु बारेमा जानकारी प्रदान गरिनुका साथै टि. एम. टि छड बेण्डिङ्ग गर्ने तरीकाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधिले उच्च गुणस्तरको कच्चा पदार्थ नै राम्रो टि.एम.टि छड उत्पादनको प्रमुख श्रोत भएको, जसमा कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्वहरु सल्फर फोस्फोरसलाई न्युनिकरण गरेर बनाइएको कच्चा पदार्थलाई अत्याधुनिक प्रविधिको प्रयोगबाट बनाइएको टि.एम.टि छड नै निर्माण कार्यको लागि उपयुक्त मानिन्छ भन्ने कुराको जानकारी दिएका थिए ।

Email: mkt.autonepal@gmail.com