ओलाको बिना ड्राइभर चल्ने कार सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 2, 2021

अप्रिलको पहिलो दिन अप्रिल फूल दिवसको रुपमा मनाइन्छ । हरेक वर्ष यो दिन मानिसहरु एक आपसमा ख्यालठट्टा गर्छन् । जर्मनीको चर्चित कार निर्माता कम्पनी फक्सवागनले कम्पनीको नाम बदल्ने भनी केही दिन अघि मजाक गरेको थियो । अप्रिलिफूलकै दिन भारतीय एग्रीगेटर कम्पनी ओलाले फुल अटोनोमस फ्लाइंग कार निर्माण गर्ने घोषणा गरेको छ ।

एपमा आधारित ट्याक्सी सर्भिस दिने ओला कम्पनीले फ्लाइङ कार ल्याउने भएको हो । ओलाले ल्याउने फ्लाइङ विद्युतीय कार हो । भारतीय कम्पनी ओलाले उड्ने कार निर्माण प्रोजेक्टमा कार गरिरहेको कम्पनीको सीईओ भाविश अग्रवालले ट्वीटरमा भिडियो सार्वजनिक गरेका थिए । जसमा कारको नाम ओला एयरप्रो सार्वजनिक गरिएको छ । कम्पनीले केही दिनमा औपाचारिक रुपमा अनलाइन बुकिङ सुरु गर्ने उनले बताए ।

यो फ्लाइङ विद्युतीय कार फुल अटोनोमस रहेको कम्पनीको दाबी छ । भिडियो अनुसार सो कार भर्टिकल टेकअफ तथा ल्यान्डिङमा सक्षम रहेको छ, जसले गर्दा उड्ने बेला तथा उतर्नेबेला रनवे नचाहिने देखिन्छ । कम्पनीको अनुसार उक्त कारको गति ३ सय ५० किलोमीटर प्रति घण्टा रहनेछ ।