एभरेष्ट बैंकले ‘चाडपर्व विशेष कर्जा योजना’ ल्यायो
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
July 26, 2020

एभरेष्ट बैंकले ‘चाडपर्व विशेष कर्जा योजना’ अन्तर्गत ९.५५ प्रतिशत ब्याजदरमा गाडी कर्जा र १०.५५ प्रतिशत ब्याजदरमा मोटरसाइकल कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले हालै सो योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो ‘घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागि ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सवारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’ तथा व्यक्तिगत प्रयोजनको लागि ‘व्यक्तिगत कर्जा, योजना ल्याएको छ ।

आगामी साउन १५ देखि कार्तिक १४ सम्म लागू हुने यस कर्जा योजनामा घर कर्जा ८.२५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत र व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ ।