एबीएस र स्मार्ट कनेक्ट प्रविधि सहितको अपाचे सार्वजनिक हुँदै
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
August 17, 2020

टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पहिलो पटक लाइभ स्मार्ट लन्च गर्दैछ ।
एबीएस र स्मार्ट कनेक्ट प्रविधि सहितको नयाँ बाइक अपाचे आरटीआर २०० फोरभी आज सार्वजनिक हुँदैछ ।
मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारीको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाइभ स्मार्टमार्फत लन्च गर्न लागेको बताएको छ । सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजलगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । यो कार्यक्रम एउटा खुल्ला सहभागीतामूलक समारोह हुने कम्पनीले बताएको छ ।