एनसीएपीले रेटिङ गरेको ८ सुरक्षित कार
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005) April 13, 2021
April 13, 2021

बितेका केही समय यता नेपाली अटो बजारमा सवारी साधनको सुरक्षाका विषय चर्चा पाएको छ । विशेष गरी अटो क्षेत्रमा सुरक्षाको विषय मारुतिको माइक्रो एसयूभीलाई सेफ्टी रेटिङमा नयाँ कार निर्धारण कार्यक्रम एनसीएपीले सुरक्षा टेस्टमा जिरो दिएपछि आएको हो ।

केही वर्ष पहिले कारको सुरक्षा फिचरलाई लग्जरी मनिन्थ्यो । एक्टिभ सेफ्टी फिचर्स लग्जरी कार तथा बढी बिक्री हुने कारका टप मोडेलमा पाइन्थ्यो । ग्लोबल एनसीएपीले कार सुरक्षाका मापदण्ड बनाउन ठूलो योगदान दिइरहेको छ । सन २०१४ देखि ग्लोबल एनसीएपीले भारतमा कार सेफ्टी रेटिङ दिइरहेको छ । जसले गर्दा नेपालमा पनि प्रत्यक्ष फाइदा भएको छ ।

भारतीय बजारमा उपलब्ध कारको सेफ्टी टेस्ट गरेको ग्लोबल एनसीएपीले जारी गरेको ८ सुरक्षित कारहरु बारे चर्चा गरेका छौं । जुन कारले सुरक्षा मापदण्डमा ४ देखि ५ स्टार रेटिङ पाएका छन् ।

टाटा नेक्सन
टाटा नेक्सन भारतमा बनेको पहिलो कम्प्याक्ट एसयूभी कार हो । जुन कारलाई ग्लोबल एनसीएपीले सेफ्टी क््रयासमा ५ स्टार रेटिङ दिएको छ । एडल्ट सेफ्टीका लागि टाटा नेक्सनले १७ अंकमा १६.०६ अंक पाएको थियो । कारमा सुरक्षाका लागि ड्यूल फ्रन्ट एयरब्याग दिइएको छ ।

महिन्द्र एक्सयूभी ३००
कम्प्याक्ट एसयूभी महिन्द्र एक्सयूभी ३०० लाई ग्लोबल एनसीएपीले क््रयास टेस्टमा ५ स्टार दिएको थियो । महेन्द्रले एक्सयूभीले एडल्ट आक्यूपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ र चाइल्ड आक्यूपेन्ट प्रोटेक्सनमा ४ स्टार रेटिङ पाएको छ । महिन्द्र एक्स्यूभी ३०० लाई १७ अंकमा १६.४२ अंक पाएको थियो । यो टाटा नेक्सनपछि दोस्रो सब कम्प्याक्ट यूएसभी हो ।

मारुति सुजुकी विटारा ब्रेजा
विटारा ब्रेजा भारतको सबैभन्दा ठूलो अटोमोबाइल निर्माता कम्पनीको सबै भन्दा सुरक्षित कार हो । यो कारले सबै भन्दा बढी बिक्री हुने रेकर्ड पनि कायम गरिसकेको छ । यो कारले क््रयास टेस्टमा ४ स्टार रेटिङ पाएको छ । विटारा ब्रेजाले एडल्ट सेफ्टीमा १७ अंकमा १२.५१ अंक पाएको थियो । कारलाई एडल्ट आक्यूपेन्ट प्रोटेक्सनमा ४ स्टार र चाइल्ड आक्यूपेन्ट प्रोटेक्सनमा २ स्टार रेटिङ पाएको छ ।

महेन्द्र माराज्जो
भारतीय अटो बजारमा एमपीवी सेगमेन्टमा महिन्द्र माराज्जो सबैभन्दा सुरक्षित गाडी हो । यो गाडीलाई ग्लोबल एनसीएपीले ४ स्टार रेटिङ दिइएको छ । यो एमपीभीले एडल्ट आक्यूपेन्ट प्रोटेक्सनमा ४ र चाइल्ड आक्यूपेन्ट प्रोटेक्सनमा २ स्टार पाएको छ । एडल्ट आक्यूपेन्ट प्रोटेक्सनमा १७ मा १२.८५ अंक र चाइल्ड आक्यूपेन्ट प्रोटेक्सनमा ४९ मा २२.२२ अंक पाएको छ ।

भक्सवागन पोलो
भक्सवागन पोलोले ग्लोबल एनसीएपीको ४ स्टार पाउन सफल एसयूभी हो । यो गाडीले एडल्ट आक्यूपेन्ट प्रोटेक्सनमा ४ र चाइल्ड आक्यूपेन्ट प्रोटेक्सनमा ३ स्टार पाएको छ । एडल्ट आक्यूपेन्ट प्रोटेक्सनमा १७ मा १२.५४ अंक र चाइल्ड आक्यूपेन्ट प्रोटेक्सनमा ४९ मा २९.९१ अंक पाएको छ ।

टाटा टियागो र टगोर फेसलिफ्ट
टाटा टियागो र टगोर फेसलिफ्ट मोडलको कारलाई ग्लोबल एनसीएपीले क््रयास टेस्टमा एडल्ट अक्यूपेन्सीका लागि ४ र चाइल्ड अक्यूपेन्सीका लागि ३ स्टार दिएको छ । यी कारले एडल्ट आक्यूपेन्ट प्रोटेक्सनमा १७ मा १२.५२ अंक र चाइल्ड आक्यूपेन्ट प्रोटेक्सनमा ४९ मा ३४.१५ अंक पाएको छ ।

महिन्द्र थार २०२०
महिन्द्रा थार २०२० महिन्द्रको लोकप्रिय गाडी हो । यो गाडी ग्लोबल एनसीएपीको सेफ्टी क््रयास टेस्टमा ४ स्टार रेटिङ पाएको छ । ग्लोबल एनसीएपीको अनुसार महिन्द्र थार २०२० मा ड्राइभर र प्यासेन्जरको टाउको र घाँटीको लागि राम्रो सुरक्षा व्यवस्था गरेको पाइन्छ ।