सम्बन्धीत समाचार
छिमेकी मुलूकहरुमा भइरहेको कोभिडको संक्रमित तिब्र रुपले बढीरहेकोले नेपाल एग्रिटेक अन्तराट्रिय प्रदर्शनी मिति सारिएको छ । यस अधि यही चैत्र २७, २८ र २९ गते आयोजना गर्ने भनिएको चौथो नेपाल एग्रिटेक अन्तराष्ट्रिय प्रदर्शनीको मिति अगामी भदौ १८ देखि २० गते तोकिएका हो ।
छिमेकी मुलूकहरुमा भइरहेको कोभिडको संक्रमित तिब्र रुपले बढीरहेकोले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै यस अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन गरिएको हो ।
देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउने अवलोकनकर्तामा कोभिड १९ को जोखिम र आवतजावत गर्न सम्स्या भएकोले मिति सारिएको प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए ।