एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 15, 2020

हेमन्त पुरानिक
सिइओ, दिगो

विद्युतीय सवारी साधन दिगोले आफ्नो विद्युतीय सिटी कार ‘दिगो इ८’ को बुकिङ शुरु गरेको छ । दिगो इ८ मा आधुनिक र नयाँ डिजाइन गरिएको कम्पनीको दाबी छ । यो कार वातावरणमैत्री हुनुका साथै ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार भएको कम्पनीको दाबी छ ।
“दिगो इ८ को लक्ष्य यात्राका लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कारका रुपमा स्थापित गर्न लागेका छौं ।
यो गाडीमा १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीको प्रयोग भएको छ । यसले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ । दिगो इ८ मा थ्री फेज एसिंक्रोनस मोटर छ । जसले प्रभावशाली १८० एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ । यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । दिगो इ८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दिगो इ८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।
यसलाई सामान्य ड्राइभिङ कन्डिसनमा एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै बिजुली खर्च हुन्छ । दिगो इ८ मा आधुनिक र ताजा डिजाइन देखिन्छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार हो । दिगो इ८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ । इ८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् । शानदार डुअल–टोन डाइमन्ड कल, अलो ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ । अग्लो ढक्कन ले इ८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्दछ । इ८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फ्लग ल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि मजबुत बम्पर र एलइडी लाइट छन् ।
यसको कुसल बनावटले इ८ भित्र पस्दा ‘वाह १ भन्नुपर्ने बनाउँछ । ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसको डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, परिष्कृत स्पर्श अनुभूति र प्रिमियम उपकरणको प्रयोगले भविष्यको प्रिमियम वातावरणमा रहेको अनुभूति दिलाउँछ । स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसनले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । शहरी यात्राका लागि यसको स्वचालित गेयर पर्याप्त छ । पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गेयर लिभरले इ८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रेयर क्यामेराले पछाडिको नदेखिने भाग लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ । चेप्टो स्टेरिङ ह्विल र आरामदायी लेगरुम÷हेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम लगायतका फिचरहरु पनि यसमा रहेका छन् ।
हामीले नेपालको अटो उद्योगमा नयाँ अध्याय लेख्न सुरु गरेका छौं । दिगो इ८ को लक्ष्य यात्राको लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कार दिँदै नेपालको अटो उद्योगको नियमलाई पुनः परिभाषित र पुनस्र्थापित गर्नु हो ।’