ईसुजुका पिकअपहरुमा विशेष अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
June 18, 2020

ईसुजु गाडीको काठमाडौंस्थित डिलर टाइम्स मोटर्सले हालको असहज परिस्थितिमा व्यवसाय गर्नेहरुका लागि लक्ष्यित गरी विशेष अफर ल्याएको छ । टाइम्स मोटर्सले ईसुजुका विभिन्न तीन मोडलका पिकअपहरुका लागि सो अफर ल्याएको हो । यस अन्तर्गत तीन महिना सम्म व्यवसाय गरे पश्चात त्यसपछि बल्ल मासिक किस्ता बुझाउन सकिने छ ।
यी पिकअपको मूल्य क्रमशः ६८ लाख ९० हजार, ४४ लाख ९० हजार र २४ लाख ९० हजार रुपैयाँ छ ।

यी पिकअपका लागि १५ लाख, १० लाख ५० हजार र ४ लाख ९९ हजार रुपैयाँ मात्र डाउनपेमेन्ट बुझाएर गाडी लिन सकिने छ । यी पिकअप किन्नका लागि आवश्यक पर्ने शुरुको रकम अर्थात डाउनपेमेन्ट निकै न्यूनतम तोकिएको गिरीले बताए ।
ईसुजुका पिकअप जापनिज प्रविधिका छन् र यी नेपाली भुगोल सुहाउदो भएको बताइएको छ । सिंगल क्याब कमर्सियल सेगमेन्टमा र एस–क्याब र भी–क्रस निर्माण र प्रोजेक्टको क्षेत्रमा निकै नै रुचाइएको पिकअप भएको बताइन्छ ।
लकडाउनको समयमा विशेष गरी सामान ढुवानीको लागि पिकअपको माग निकै नै बढेको छ । यो अवस्थामा कम्पनीहरुले पनि यस्ता पिकअप बिक्रीका लागि विभिन्न अफर ल्याउने गरेका छन् ।
टाइम्स मोटर्सले कोभिड–१९ को सन्दर्भमा सुरक्षात्मक संयन्त्र अपनाएर काठमाडौंको बल्खु र गैरीधारास्थित सोरुम संचालनमा ल्याएको छ ।
आगामी आर्थिक वर्षका लागि लाग्ने सडक दस्तुर समेत कम्पनीले उपलब्ध गराउने र यी पिकअप किन्न चाहनेहरुका लागि बैंकिङ सुविधा समेत उपलब्ध भएको गिरीले बताए । यो योजना सीमित अविधिको लागि मात्र लागू गरिएको छ ।