पूर्वी शहरको मुटु ईटहरी, सुनसरीमा ओम साई मोटो कर्पलाई अधिकारीक शोरुम दिई दमदार ईन्ट्री मार्न किया र इसुजु सफल भएका छन् । विगत ३ वर्ष देखि ओम साई मोटो कर्पले ग्राहक हरुको मन जित्दै आफ्नो छाप छोड्न सफल भएको छ ।
नेपालमा कोरीयाको कार निर्माता कम्पनी किया र जापनीज डबल क्याब निर्माता कम्पनी इसुजुको गाडीहरुको आधिकारिक बिक्रेता कन्टिनेन्टल प्रा. लि.ले नेपाली बजारमा गाडीहरु भित्राए सँगै नेपालीहरुको मन जित्न सफल भएको छ । दक्षीण कोरीयाको कार निर्माता कम्पनी किया र जापनीज कम्पनी इसुजुको गाडीहरुको नयाँ शोरुम ईटहरी क्षेत्रको लागि ओम साई मोटो कर्प प्रा. लि.ले सुरुवात गरेको छ । विगत ३ वर्ष देखि पूर्वी भागको बजारमा अटोेमोवायल कम्पनीको क्षेत्रमा काम गर्दै आएको ओम साई मोटो कर्पले दमदार इन्ट्री मारीरहेको छ । यी गाडीहरु सुनसरी जिल्लाको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रा. लि.को ईटहरीले एक कार्यक्रमका विच माघ महिनादेखि देखि बिक्रि वितरण गर्ने जनाएको छ ।
नयाँ कियाका SUV हरुमा अभूतपूर्व विशेषताहरु रहेका छन् यसमा विद्यमान रहको विशेषता र आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ्ग अनुभवको जीवन्तता प्राप्त गर्न सकिने जानकारी गराउदै गेलाल ले भने “कारले नयाँ युगको लागि आधुनिक प्रविधियुक्त BS6 इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको ।
ओम साई मोटो कर्प प्रालिको वारेमा
ओम साई मोटो कर्प प्रा. लि. ईटहरी, सुनसरीमा अटोमोबाईलको क्षेत्रमा काम गर्र्दै आएको छ । कम्पनीले सन् २०१८ को नेभेम्वर देखि ईटहरीमा शोरुम खोली सेवा दिरहेको छ भने हालको आर्थिक वर्ष देखि आफ्नो आधुनिक शोरुम र वर्कसपको व्यवस्था गरी ग्राहकवर्गमा अझ आधुनिक सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको लिएको जानकारी प्रवन्ध निर्देशक पारशमणि गेलालले जानकारी गराएका छन् ।