आज लन्च हुँदैछ टीभीएस एनटर्क सुपर स्क्वाड एडिसन
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
February 14, 2021

टीभीएसको नयाँ स्कुटर एनटर्क सुपर स्क्वाड एडिसन भ्यालेन्टाइन डे अर्थात फेब्रुअरी १४ का दिन नेपाली बजारमा आज लन्च हुँदैछ ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो स्कुटर सिभिल मलमा एक कार्यक्रमका बीच लन्च गरिने बताएको छ ।

टीभीएस एनटर्क स्कुटरको ब्रान्ड एम्बेसडर कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्काले सो स्कुटर लन्च गर्ने छन् । सो अवसरमा स्वप्न सुमनले म्युजिकल पर्फमेन्स गर्ने छन् ।
एभेन्जर इन्सपायर ग्राफिक्सको साथमा तीन नयाँ कलर अप्सनमा यो स्कुटर उपलब्ध छ । कलर बाहेक अन्य मेकानिकल पाटर्समा कुनै परिवर्तन नगरिएको एनटर्क सुपर स्क्वाड एडिसनमा कनेक्ट फिचर भने अझै परिस्कृत बनाइएको छ । यसमा रहेको कनेक्ट फिचर स्पेसिफिक्स क्यारेक्टरमा आधारित रहेर कष्टमाइज गरिएको छ । यसले युवाहरुलाई आकर्षण गर्ने बताइएको छ ।

टीभीएस एनटर्क रेस एडिसनको सफलता पश्चात सुपर स्क्वाड एडिसन टीभीएसले बजारमा ल्याएको हो । अब नेपाली बजारमा टीभीएस एनटर्कको सुपर स्क्वाडका साथै पहिले देखि नै उपलब्ध एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन र एनटर्क रेस एडिसन एफआई मोडलका स्कुटर उपलब्ध छन् ।