नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा हुने बद्रिनारायण धामको सहयोगार्थ ऐतिहासिक गीताज्ञान महानुष्ठानको अवसरमा यहि बैशाख २० गते काठमाडौँमा सितापाईलामा मोटरसाइकल, स्कुटर ¥याली आयोजना भएको छ ।
नेपालमा पहिलो पटक हुन गईरहेको ऐतिहासिक श्रीमद् भागवत् गीताज्ञान महानुष्ठान बैशाख २३ गतेदेखी ३० गतेसम्म काठमाडौंको सितापाईलामा हुन लागेको हो ।
उक्त महानुष्ठानमा विभिन्न संघ संस्था तथा विशिष्ट व्यक्तिहरुको संलग्न रहने कार्यक्रम संयोजक सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।
ऐतिहासिक श्रीमद् भागवत् गीताज्ञान महानुष्ठानको प्रचार प्रसारको लागी उक्त ¥याली सितापाईलाबाट शुरु भई बालाजु, लैनचौर, दरबारमार्ग, सुन्धारा, टेकु, कलंकी, स्युचाटार हुँदै सितापाईला पुगी समापन भएको छ ।
सो ¥याली तारकेश्वर युवा क्लब, अटो नेपाल, बुद्ध वल्र्ड राइर्डस् नेपाल लगायत विभिन्न टु व्हील राइर्डस्हरु करिब ५०० जनाको सहभागिता भएको ऐतिहासिक श्रीमद् भागवत् गीताज्ञान महानुष्ठानको मुल समारोह समितिका सचिव भुषणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
Email: info@eautonepal.com