अप्रिलिया किन प्रिमियम ?
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 31, 2021

बढ्दो आधुनिकता संगै यात्रुको सवारी साधन प्रति लगाव बढेको छ । विशेषताका आधारमा विभिन्न किसिमका स्कुटर तथा मोटरसाइकलको प्रतिस्पर्धा भइरहेको छ । विशेष गरी मोटरसाइकल तथा स्कुटर निर्माता इटालियन कम्पनी पियोजियोको एक भेरियन्ट अप्रिलिया हो । जस मध्ये प्रतिस्पर्धा गर्ने अप्रिलिया प्रिमियम पनि एक हो । अप्रिलिया प्रिमियमले छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । विश्व बजारमा बढी स्कुटर बेच्ने ब्रान्ड मध्ये अप्रिलिया पनि पर्छ ।

पियोजियोको अप्रिलिया भेरियन्टमा अप्रिलिया एसएक्सआर १६०, अप्रिलिया एसआर १५०, अप्रिलिया एसआर १२५, अप्रिलिया स्ट्रोम १२५ र अप्रिलिया एसआर १६० गरी पाँच भेरियन्ट उपलब्ध छ । जुन विश्व बजारमा रुचाइको स्कुटर हो । यद्यपी यसको थप र अलग विशेषताका कारण अन्य कम्पनीका मोटरसाइकल तथा स्कुटर भन्दा महंगो भने छ ।

उत्कृष्ट सुविधा र आरमदायी भएकोले जहिले पनि अप्रिलिया प्रिमियम पहिलो रोजाइमा पर्छ । यस सिरिजका स्कुटरमा बस्ने सहज सीटको व्यवस्था, खुट्टा राख्ने उचित ठाउँ दिइएको छ । सवारीमा पछाडीको सीटमा बस्ने व्यक्तिका लागि पनि उचित खुट्टा राख्ने ठाउँ र सीटको व्यवस्था गरिएको छ । त्यस्तै यो स्कुटरमा इन्टिग्रीटेड डार्क फ्लाई स्क्रिनको प्रयोग गरिएको छ जसले अनावश्यक फोहोरबाट बचाउँछ ।

अप्रिलिया स्कुटरमा प्लास्टिक भन्दा मेटलको प्रयोग बढी भएकोले यसको लुक अन्य स्कुटर भन्दा आकर्षक रहेको छ । यसमा उत्कृष्ट धातु प्रयोग भएकाले बलियो पनि प्रमाणित भएको छ । अप्रिलियाका स्कुटरमा कम कार्वन इमिसन बीएस ६ मापदण्डका इन्जिन प्रयोग तथा ३ भल्भ फ्यूल इन्जेक्सन टेक्नोलोजी प्रयोग भएका छन् । त्यस्तै यी स्कुटरमा एन्टी लक ब्रेकिङ सिस्टम जडान गरिएको छ । जसले गर्दा अन्य स्कुटर भन्दा फरक र प्रिमियम साबित भएको छ ।

पियोजियो ग्रुपको सहकार्यमा नेपालमा आधिकारिक विक्रेता एम भी दुगद ग्रुपले अप्रिलिया तथा भेश्पा ब्रान्डका टु ह्वीलर सवारी साधनको विक्री वितरण गरिरहेको छ । नेपालभर ३६ सक्रिय थ्री एस सुविधाको भेष्पा र अप्रिलिया डिलर र सोरुमहरुबाट ग्राहकले सेवा सुविधा पाइरहेका छन् ।