अप्रिलिया एसएक्सआर १२५ बुकिङ सुरु
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 7, 2021

इटलीको प्रमुख अटामोबाइल कम्पनी पियोजियोले भारतमा नयाँ स्कुटर अप्रिलिया एसएक्सआर १२५ बुकिङ सुरु गरेको छ । यो स्कुटरको व्यवसायिक उत्पादन सुरुभएको भइसकेको छ ।

केही महिना पहिले पियोजियोले भारतमा अप्रिलिया एसएक्सआर १६० सार्वजनिक गरि विक्री भइरहेको छ । नयाँ अप्रिलिया एसएक्सआर १२५ मा ग्लोबल डिजाइन ल्याङ्वाइजको प्रयोग गरिएको छ । कम्पनीको आधिकारिक वेबसाइटमा या पियोजियो डीलरशिपमा गएर बुकिङ गर्न सकिन्छ ।

अप्रिलिया एसएक्सआर १२५ मा १२५ सीसी बीएस ६ मापदण्डका तीन भल्भ फ्यूल इन्जेक्सन क्लीन एमिशन इन्जिन टेक्नोलोजीमा आधारित इन्जिन जडान गरिएको छ ।

लुक्समा अप्रिलिया एसएक्सआर १२५ स्कुटर म्याक्सी स्कुटर जस्तो देखिन्छ । यो स्कुटरमा र्याप अराउण्ड एलईडी हेडलाइट्स, एलईडी टेललाइट्स अरामदायक सीट, फुल डिजिटल क्लस्टर, ब्लूटुथ मोबाइल कनेक्टीभिटि तथा सिबीएस डिसक ब्रेक जडान गरिएको छ । यो स्कुटर ब्ल्याक, ग्लासी ह्वाइट, म्याट ब्लू र ग्लासी रेड गरी चार रंगमा पाइनेछ ।