अपडेटेड यामाहा आर १५ भी ३ सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 1, 2021

यामाहाले २०२१ मोडल आर १५ भी ३ मेटालीक रेड कलरमा ल्याएको छ ।

भारतीय बजारमा अप्रिलबाट मोटरसाइकल विक्री सुरु गर्ने कम्पनीले जनाएको छ । भारतीय बाजरमा यामाहा आर १५ भी ३ को मूल्य १ लाख ५२ हजार १०० भारतीय रुपैयाँ एक्स सोरुम मूल्य तोकिएको छ ।

यामाहा आर १५ भी ३ को २०२० मोडलमा कुनै परिर्वतन भने गरिएको छैन् । यसअघि रेसिङ ब्लु, थंडर ग्रे र डार्कनाइट कलरमा उपलब्ध रहेको थियो ।
कम्पनीको लाइनअपमा रहेको सबैभन्दा सानो स्पोटर्स मोटरसाइकल आर १५ भी ३ मा १५५ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो १८।६ पीएस पावर तथा १४।१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र स्लिपर क्लच जडान गरिएको छ ।
आर १५ भी ३ नेपाली बजारमा लोकप्रिय मोटरसाइकल रहेको छ । हाल नेपालमा बीएस ४ भर्सनमा उपलब्ध यो मोटरसाइकलको बएिस ६ भर्सन आउँदा यो नयाँ कलरमा समेत आउने अनुमान गर्न सकिन्छ ।