सम्बन्धीत समाचार
दुई तथा तीन पाङग्रे सवारी साधन निर्माता टिभिएस मोटर्स कम्पनीले कम्युटर बाइक स्टार सिटी प्लस अपडेटेड भर्सनमा सार्वजनिक गरेको छ । कम्पनीले बाइकलाई ब्लु सिल्भर अप्सनमा सार्वजनिक गरेको हो । यो लोकप्रिय कम्युटर मोटरसाइकलमा ड्रम तथा डिस्क दुबै भेरियन्टको नयाँ कलरमा सार्वजनिक गरिएको हो ।
टिभिएस स्टार सिटी प्लसमा १०९.७ सीसी सिंगल सिलेन्डर इन्जिन जडान गरिएको छ । यो इन्जिनले ७,३५० आरपीएममा ८.०८ बीएचपीको पावर र ४,५०० आरपीएममा ८.७ एनएमको टर्क जेनेरेट गर्छ ।
यो बाइकमा म्यानुअल गियरबक्स ट्रान्समिसनमा पाइन्छ । टिभिएस स्टार सिटी प्लसमा इटी एफआइ टेक्नोलोजी पाइन्छ । बाइकमा एलइडी हेड ल्याम्प तथा यूएसबी मोबाइल चार्जरको पनि सुविधा जडान गरिएको छ ।