अचम्मको एक पाङ्ग्रे विद्युतीय बाइक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 30, 2021

चीनको चर्चित कम्पनी इ कमर्स ग्रुप अलीबाबाले अचम्मको एक पाङ्ग्रे विद्युतीय बाइक सार्वजनिक गरेको छ । विद्युतीय सवारी साधनको बजार विश्वमा तिब्र गतिमा विस्तार भइरहेको छ ।

विद्युतीय सवारी साधनको बजार देखेर अलीबाबाले पनि विद्युतीय सेगमेन्टको एक पाङ्ग्रे सवारी साधनबाट सुरुवात गरेको हो । अलीबाबाले चीनको सरकारी अटोमोबाइल कम्पनी एसएआइसीको साथ मिलेर एक नयाँ विद्यूतीय कार ल्याउने घोषणा गरेको छ । यो कारमा वायरलेस चार्जिङ विशेषता हुने जनाइएको छ ।

एक पाङ्ग्रे बाइकमा एक पारम्परिक स्टील ट्रेलिस फ्रेम तथा एक फक्स फ्यूल ट्यांकी दिइएको छ । बाइकको ट्यांकीको बनावटबाट यो डुकाटी मोन्स्टर जस्तो देखिन्छ । बाइकमा रातो रंगको टे«लिस फ्रेमले बाइक मस्कुलर देखिन्छ । यो बाइकमा एक रियर पिलियन सीट पनि दिइएको छ ।

या एक पाङ्ग्रे बाइकमा इलेक्ट्रिक ह्वीकल दिइएको छ । इलेक्ट्रिक मोटर २,००० वाटको पावर जेनेरेट गर्छ । यो बाइकको टप स्पीड ४८ किलोमीटर प्रति घण्टा रहेको छ । कम्पनीको अनुसार यो बाइकको तौल मात्र ४० किलोग्राम रहेको छ । यो साइकल पछि सबै भन्दा हलुको सवारी साधन हुनेछ ।

यो विद्युतीय बाइकमा प्यानासोनिक ब्याट्री राखिएको छ । फुल चार्जिङमा यो बाइकले १०० किलोमीटर सम्मको दूरी तय गर्न सक्छ । कम्पनीको अनुसार ब्याट्री चार्ज गर्न ३ देखि १० घण्टा लाग्ने उल्लेख छ ।